एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

४ पुष २०७८, आईतवार १७:५०

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट ५.५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२६५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साथै कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १५ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुष १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

सोही प्रतिशत लाभांश पारित गर्न कम्पनीले पुष २९ गते नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*