सूर्या लाइफ इन्स्योरेन्सको कर्मचारी संघमा नयाँ नेत्तृव, रघुनाथ भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति

४ पुष २०७८, आईतवार १४:३९

काठमाडौं ।  सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशन सम्पन्न भएको छ। कास्कीको हेम्जामा आयोजित दुई दिने महाधिवेशन भव्यताका साथ सम्पन्न भएको हो । सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशनले संघको रघुनाथ भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा सुमित सिन्हा, विपुल थापा, महासचिवमा यज्ञ बहादुर बुढाथोकी, सचिवमा तारणी कटुवाल, कोषदक्ष्यमा विजय शर्मा, सदस्यहरुमा गिता बस्नेत, विष्णु ढकाल, रामदत्त भट्ट,मेनुका पौडेल, प्रतिकजंग तामाङ, विष्णु लम्साल, सन्दिप गौतम, सुमन विष्ट र मुकेश पण्डित कर्मचारी संघको नयाँ कार्यसमितिमा चयन भएका छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पवनकुमार खड्का, यूएनआई एशिया प्यासिफिक महासचिव राजेन्द आचार्य, वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मी, उपाध्यक्ष , महासचीव श्रम प्रतिनिधि हुमाकान्त रिजाल र बीमा समीती कर्मचारी संघको अध्यक्ष पुर्ण थापा, अधिवक्ता बाशुदेव खत्री लगाएत देशभरी सातवटै प्रदेशबाट करीव ९० जना प्रतिनिधि पर्यवेक्षकको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*