१४% लाभांश पारितका लागि आइसिएफसि फाइनान्सको साधारण सभा भोलि बस्ने

४ पुष २०७८, आईतवार १३:०९

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा भोलि (पुस ४ गते) बस्ने भएको छ । कम्पनीको उक्त सभा बिहान १० बजे आम्रपाली ब्याक्वेंट थिरबम सडक भाटभटेनी काठमाडौंमा बस्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश परि कुल १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्न कार्यसूचि रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर २३ गतेदेखी सभा हुने दिनसम्म बुक क्लोज गरेको हुदाँ मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*