स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

४ पुष २०७८, आईतवार १२:३४

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (पुस ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ६ गते बुक क्लोज गर्ने भएकाले पुस ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर समेत ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले २० औं साधारण सभा पुस १५ गतेका लागि बिहान ११ बजे एलिस रिसेप्सन गौरिधारा काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*