शेयर बजार आज बन्द हुने

४ पुष २०७८, आईतवार ११:२९

काठमाडौं ।  शेयर बजार आज बन्द हुने भएको छ। सरकारले सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द हुने भएको हो ।

नेप्सेको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै आएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आज उपत्यकामा सार्वजनिक विदा र देशभरका अन्य सम्बन्धित समुदायका लागि विदा दिने निर्णय भएको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*