एनसीसी बैंकको साधारण सभा पुस २९ गते, के के छन् एजेण्डा ?

४ पुष २०७८, आईतवार ११:२८

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुष २९ गते बैंकको केन्द्रिय कार्यालय नजिकै रहेको होटल हार्दिक बागबजार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बैंकको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ४२ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गर्नेछ ।

त्यस्तै बैंकले बोनस शेयरपश्चात पूँजी बृद्धि हुने हुदाँ सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ भने अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीको विषयमा पनि सभामा छलफल हुनेछ ।

बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । हाल बैंकको चुक्तापूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*