महालक्ष्मी विकास बैंकको साधारण सभा पुस २३ गते, बुकक्लोज कहिले ?

४ पुष २०७८, आईतवार ११:२२

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा पुस २५ गतेका लागि बोलाएको छ । बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बज बस्ने गरी सभा आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गर्नेछ । यस वर्ष बैंकले यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो ।

सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि कार्य सूचिमा राखेको छ ।

यी प्रस्तावसँगै बैंकले सञ्चालक समितिको बैठक भत्ता, दैनिक भ्रमण भत्ता लगाएतका अन्य सुविधलाई बृद्धि गर्ने र संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी कुल ६ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएले पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*