शेयर बजार भोलि बन्द हुने

३ पुष २०७८, शनिबार १५:०९

शेयर बजार पुस ४ गते भोलि बन्द हुने भएको छ। सरकारले सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द हुने भएको हो ।नेप्सेको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै आएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आइतबार उपत्यकामा सार्वजनिक विदा र देशभरका अन्य सम्बन्धित समुदायका लागि विदा दिने निर्णय भएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*