वायुसेवा सञ्चालक संघकाे २१ औं बार्षिक साधारणसभा सम्पन्न

२ पुष २०७८, शुक्रबार १८:०६

काठमाडाै । वायु सेवा संघ नेपालकाे २१ औ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । काठमाडाैंमा संघकाे साधारणसभा सम्पन्न भएकाे हाे । साधारणसभाले आगामी दुई वर्षकाे लागि नयाँ कार्य समिति चयन गरेकाे छ।

सधारणसभाबाट रामेश्वर थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेकाे छ । अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष थापाले नेपाली आकाशकाे सुरक्षाकाे सम्झाैता नगरी काम गर्ने बताए ।

संघकाे साधारणसभालाई सम्बाेधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेम बहादुर आले मगरले हवाइ क्षेत्रमा सुधारकाे कामहरू भइरहेकाे बताए । मन्त्री आले मगरले विमानस्थलमा सुधारकाे काम भइरहेकाे बताए ।

संघकाे साधारणसभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्याैपानेले निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्ता जनाए । संघकै साधारणसभामा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले विमानस्थलमा चरा नियन्त्रण लगायतका सुधारका कामहरू भइरहेकाे बताए ।

संघकाे वार्षिक साधारणसभामा हवाइ क्षेत्रमा याेगदान पुर्याउने व्यक्तिहरूलाइ सम्मानित गरिएकाे थियाे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*