निर्धन उत्थान लघुवित्तको संचालकमा सुन्दर बास्तोला नियुक्त

२ पुष २०७८, शुक्रबार ११:२६

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले सो पदमा सुन्दर बास्तोलालाई नियुक्त गरेको हो ।

हिमालयन बैंकको तर्फबाट बास्तोलालाई मनोनयन गरी पठाएकोमा कम्पनीको संचालक समितिको पुष १ गते बसेको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी नियुक्त गरेको हो ।

साथै बास्तोलाले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*