कृषि विकास बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने

२ पुष २०७८, शुक्रबार १०:४८

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

बैंकको पुुष १ गते बसेको संचालक समितिको ९३७ औं बैठकले आव २०७७।०७८ को मुनाफाबाट साधारण चुक्तापूूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त पाएपश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*