समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन बुकक्लोजको मिति तय

२ पुष २०७८, शुक्रबार १०:२१

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएपश्चात् दाखिला खारेज बन्द (बुकक्लोज)को मिति तोकेको छ ।

कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्काशन गर्न शेयर निष्काशन गर्ने प्रयोजनार्थको लागि पुष ११ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*