पोखरा फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

२ पुष २०७८, शुक्रबार १०:१३

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट कायम चुक्तापूँजी ९६ करोड ३१ लाख रुपैयाँको ८.०७५ प्रतिशत बोनस शेयर र ०.४२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ८.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*