सिटिजन्स बैंकका ग्राहकले ऐना युनिसेक्क सैलुनमा छुट पाउने सम्झौता

१ पुष २०७८, बिहीबार १८:०३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले ऐना युनिसेक्स सैलून त्रिपुरेश्वर काठमाडौंमा बिशेष छुट पाउने सम्झौता भएको छ । बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने गरी उक्त समझदारीपत्रमा भएको हो ।

उक्त समझदारी पश्चात बैंकका कार्डबाहकहरुले ऐना युनिसेक्स सैलूनले प्रदान गर्दैं आइरहेका सेवा सुविधामा विशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*