लाभांश प्रस्ताव सहित नेपाल बैंकको साधारण सभा आज

२ पुष २०७८, शुक्रबार ०६:०५

काठमार्डौं । नेपाल बैंकको साधारण सभा आज हुँदैछ । बैंकको सभाले १७ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित आज सभा बस्दैछ । सभामा गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर तिर्न ४ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न लागेको हो । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर २० गतेसम्म रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*