चेक नकाटी भुक्तानी गर्न मिल्ने ‘आरटीजीएस’ प्रणालीमा थप सात बैंक आबद्ध

१ पुष २०७८, बिहीबार १६:१३

काठमाडौं । आरटीजीएस प्रणालीमा थप सात बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भएका छन्। राष्ट्र बैंकको सूचना अनुसाएसक विकास बैंक र ६ फाइनान्स कम्पनी आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन्।

सप्तकोशी डेभलपमेन्ट बैंक तथा गोखार्ज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, गुडविल फाइनान्स, बेस्ट फाइनान्स र रिलायन्स फाइनान्स आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन् ।आटीजीएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्ट (डीपी) का रुपमा यी सात बैंक तथा वित्तीय संस्थाले आबद्ध भई कारोबार गर्न पाउनेछन् ।

आरटीजीएस प्रणाली भनेको के हो ?

ठूलो परिमाणमा पैसा निकाल्दा हुने परम्परागत झन्झटिलो प्रक्रियाको अन्त्यका आरटीजीएस एउटा आधुनिक भुक्तानी प्रणाली हो ।
ठूलो रकम निकाल्न वा स्थानन्तरण गर्नु पर्दा आरटीजीएस प्रणालीको प्रयोग गरे बैंकमा धाएर चेक काटिरहन पर्दैन । अन्य अनलाइन भुक्तानी प्रणालीभन्दा छिटो रकम स्थानान्तरण गर्न वित्तिकै यो प्रणालीमा पैसा सेवाग्राहीको खातामा जम्मा हुन्छ ।

दुई लाख रुपैयाँभन्दा धेरै रकमको कारोबारका लागि यो प्रणाली उपयुक्त छ । यो प्रणालीमा सरिक हुने सेवाग्राहीले बैंकमा गएर एउटा फारम भर्नुपर्नेछ ।यो प्रणालीको प्रयोग गर्दा शुल्क पनि धेरै नलाग्ने हुँदा यसले पैसा र समय दुवैको बचत गरिदिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*