नेपाल बंगलादेश बैंकको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

१ पुष २०७८, बिहीबार १५:१९

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ३० करोड १७ लाख माथिको कारोबार भएको छ ।

आज नेपाल बङगलादेश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, स्वाभिमान लघुवित्तको ५.३५ प्रतिशत, माउन्टेन इर्नजी नेपालको ४.०३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.०१ प्रतिशत, मनकामना स्मार्ट लघवित्तको ४ प्रतिशत, गोर्खास फाइनान्सको ३.९४ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चरको १.९९ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*