३७ अंकले घट्यो नेप्से, २ अर्बमा कारोबार सीमित हुँदा १२ उपसूचक राताम्य

१ पुष २०७८, बिहीबार १५:१६

काठमाडौं । साता कारोबारको अन्तिम दिन पूँजी बजारमा पुनः निराशाजनक अवस्था कायम भएको छ । मंगलबार आश्चर्यजनक १३७ अंकले बढ्न पुगेको नेप्से बुधबार र बिहिबार घट्न पुगेको हो ।

आज नेप्से परिसूचक ३७.८७ अंक अर्थात् १.५७ प्रतिशतले घटेर २३७६.७४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै समूह राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा र निर्जीबन बीमा समूह २६३ र २६४ रुपैयाँले घट्न पुगेको छ ।

साथै नेप्से सोही अंकले घटेतापनि प्रभु बैंकको सर्वाधिक कारोबार हुन पुगेको छ । बैंकको आज एकैदिन ९ करोड ४३ लाख ८६ हजार ७१७ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, नेपाल बंगलादेश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*