प्रभु बैंकसहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१ पुष २०७८, बिहीबार १५:०९

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६७ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक ३७.८७ अंकले घट्न पुगेको छ । बुधबार कारोबार दिनको तुलनामा आज नेप्से १.५७ प्रतिशतले घटेर २३ सय विन्दुमा झरेको छ । सोही अंकले घटेर कारोबार समेत २ अर्बमा खुम्चिन पुगेको छ ।

२ अर्बमा कारोबार सिमित हुँदा सर्वाधिक कारोबार हुने कम्पनीमा प्रभु बैंक रहेको छ । बैंकको आज एकैदिन ९ करोड ४३ लाख ८६ हजार ७१७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल बंगलादेश बैंकको ७ करोड ८ लाख, समृद्धि फाइनान्सको ६ करोड ९ लाख, अपि पावर कम्पनीको ६ करोड ८७ लाख र नेशनल हाइड्रोपावरको ६ करोड ५४ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*