माइखोला हाइड्रोपावरको साधारण सभा पुस २२ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा

१ पुष २०७८, बिहीबार १४:४२

काठमाडौं । माईखोला हाइड्रोपावरको प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सभा पुस २२ गते बिहान ९ बजे कम्पनीको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले आईपीओ निष्कासन गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने प्रस्ताव पारित गर्नेछ ।

साथैं, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने कार्य सूचि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*