आइपीओ निष्काशन प्रस्ताव पारित गर्न खप्तड लघुवित्तले डाक्यो साधारण सभा

१ पुष २०७८, बिहीबार १३:५१

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते होटल नमस्ते, अत्तरीयामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य वित्तीय संस्था तथा लघुवित्त संस्थासँग एकआपसमार गाभ्ने गाभिने।मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह वित्तीय विवरणका अनुसूचीहरु छलफल गरी पारित गर्ने र आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*