डा. मिनेन्द्र रिजालले दिए रक्षामन्त्री पदबाट राजीनामा

१ पुष २०७८, बिहीबार १३:४१

काठमाडौं । डा. मिनेन्द्र रिजालले राजीनामा रक्षामन्त्री पदबाट राजीनामा दिएका छन्। पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेका रिजाल महामन्त्रीको मतपरीणाम आउने क्रम जारी रहँदा रक्षामन्त्रीबाट राजीनामा दिने भन्दै ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

उनले ट्वीटर मार्फत  नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछुभन्दै राजिनामा दिनुकोकारण खुलाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*