नेपाल आउने र जाने अन्तराष्ट्रिय यात्रुको अनिवार्य कोरोना बीमा गर्ने तयारी हुँदै

१ पुष २०७८, बिहीबार १३:३०

काठमाडौं । नेपाल आउने र जाने अन्तराष्ट्रिय यात्रुको अनिवार्य कोरोना बीमा गर्ने तयारी हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षित हवाई उडानका लागि नेपाल भित्रिने र बाहिरिने यात्रुले अनिवार्य कोरोना बीमा सम्बन्धी प्रावधान ल्याउने भएको हो ।

हाल विश्वभर फैलिएको महामारी नियन्त्रणका लागि केही समयअघि खारेज भएको कोरोना बीमालाई प्राधिकरणले पुन रुपमा सुचारु गर्ने भएको हो ।जसमा ग्राहकहरुले अनिवार्य रुपमा टिकटमा उक्त रकम जोडिएर काटिने भएको छ । ग्राहकले छुटै बीमा गर्न नपर्ने टिकटमार्फत जनाएको छ । सामूहिक बीमामार्फत उक्त बीमा एयरलाईन्सले नै व्योर्होर्ने तयारी भईरहेको प्राधिकरणले जनाएको छ।

केही समयअघि कोरोना बीमा महँगो भएको र नेपाल आउने पर्यटकका लागि बाधा भएको भन्दै खारेज गरिएको थियो । अब आउँदो जनावरी १ बाट फेरि नेपाल भित्रिने र बाहिरिनेले १४ दिने होटल क्वारेन्टिनसहित पाँच हजार डलर बराबरको कोरोना बीमा अनिवार्य सम्बन्धी व्यवस्था गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*