एभरेष्ट बैंकको साधारण सभामा हंगामा

१ पुष २०७८, बिहीबार १३:२४

काठमाडौं । एभरेष्ट बैंकको आज भइरहेको साधारण सभामा लगानीकर्ताहरुले हंगामा मच्चाएका छन् । एभरेष्ट बैंकको केन्द्रिय कार्यालयको सभाहलमा जारी साधारण सभामा शेयर लगानीकर्ताहरुले हंगामा मच्चाएका हुन् ।

अन्य बैंकहरुले २०।३० प्रतिशत लाभांश वितरण गरिरहेकोमा एभरेष्ट बैंकले ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ४.३२ प्रतिशत नगद लाभांश गरि कुल १०.३२ प्रतिशत लाभांश मात्र वितरण गर्न लागेकोमा लगानीकर्ताहरुले नपुग भएको भन्दै साधारणसभामै हंगामा मच्चाएका हुन् ।

बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौं बिहान ११ः३० बजेदेखि भौतिक रुपमा उपस्थित भएर तथा भर्चुअल माध्यमबाट बसेको साधारणसभामा लगानीकर्ताहरुले बैंकमा अनियमितता भएको, राम्रो व्यवसाय गर्न नसकेकोले भन्दै सिईओ तथा अध्यक्षको राजिनामा समेत माग गरिएको सभास्थलबाट एक सञ्चालकले बताए ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने कार्यसूचि छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*