समृद्धि फाइनान्सलाई हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति

१ पुष २०७८, बिहीबार ११:३१

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनको लागि स्वीकृति दिएको छ ।

कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्न बोर्डले आज अनुमति प्रदान गरेको हो । स्वीकृतिपश्चात् अब कम्पनीले हकप्रद शेयर जारी गर्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*