सिटिजन्स बैंकद्धारा तीन प्रदेशमा थप प्रिभिलेज काउन्टर विस्तार

१ पुष २०७८, बिहीबार ११:२०

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले चार स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

बैंकले छिटो छरितो सेवा संचालन गर्नका लागि लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश १ को विराटनगर र विर्तामोड शाखामा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको हो ।

बैंकले यसअघि प्रधान कार्यालय नारायटहिटी पथ, काठमाडौं तथा कमलादीमा रहेको प्रिभिलेज काउन्टरबाट मात्रै बैकिङ सेवा दिदै आएको थियो । साथै बैंकले आगामी दिनमा अन्य स्थान तथा प्रदेशमा समेत यस्ता थप बैकिङ सेवाहरु प्रदान गर्ने योजना रहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*