नेपाल क्लियरिङ हाउस र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

१ पुष २०७८, बिहीबार ११:०३

काठमाडौं । नेपाल क्लियरिङ हाउसले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । क्लियरिङ हाउसले कार्यान्वयन गर्दै आइरहेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनी अन्र्तगत बैंकका संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणाली सुरु गर्ने भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका उप–कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायत भुक्तानी उपकरण प्रयोग गर्न सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*