रसुवागढी हाइड्रोपावरले डाक्यो नवौं साधारण सभा, बुकक्लोज कहिले ?

१ पुष २०७८, बिहीबार १०:५१

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २६ गते कम्पनीको सभाहल, महाराजगंज, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले कम्पनीको चुक्तापूँजी र संचित मुनाफा (फ्री रिजर्भ) को जम्मा रकम भन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृती प्रदान गर्नेछ ।

साथै उक्त सभाले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको आर्थिक विवरण उपर छफफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण समेत सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*