ज्योति विकास बैंकको साधारण सभा पुस २३ गते, बुक क्लोज कहिले ?

१ पुष २०७८, बिहीबार १०:३७

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुस २३ गते ११ बजे लिसारा रिसेप्सन भगवती बहाल नक्साल काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनश शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल १५ दशलमव ५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ९ गतेदेखी पुुस २३ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*