खानीखोला हाइड्रोपावरले डाक्यो ३ आर्थिक वर्षको साधारण सभा, यस्ता छन् एजेण्डा

१ पुष २०७८, बिहीबार १०:१९

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सातौं, आठौं र नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले तीन आवको सभा पुष ३० गते गर्ने निर्णय गरेको हो ।

उक्त सभाले तीनै आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै आव २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ को लेखापरिक्षण प्रतिववेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाबको विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण र संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने संचालकको कार्यकाल प्रस्तुत गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष ९ गतेदेखि पुष ३० गतेसम्म बुकक्लोजको मिति तोकेको छ । जसअनुसार पुष ८ गतेसम्म कायम शेयरधनी मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*