बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

२९ मंसिर २०७८, बुधबार १७:४१

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो ।

उक्त सभाले संचालक समितिले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साथै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नेपाल फाईनान्सियल रिर्पोटिङ स्टाण्ड्रडस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।

बैंकले लाभाश वितरण र साधारण सभा प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गरेको थियो । जसअनुसार मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*