एभरेष्ट बैंकको साधारण सभा भोलि, यस्ता छन एजेण्डा

२९ मंसिर २०७८, बुधबार १३:३१

काठमाडौं । एभरेष्ट बैंकको साधारण सभा भोलि (पुस १ गते) हुदैछ । सभा बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौं बिहान ११ः३० देखी भर्चुअल माध्यमबाट बस्नेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ३२ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ मंसिर १६ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*