२७३३ मत ल्याएर कांग्रेस सभापतिमा देउवा निर्वाचित

२९ मंसिर २०७८, बुधबार ०७:३१

काठमाडौं । दोस्रो पटक भएको निर्वाचनमार्फत नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । शेर बहादुर देउवा र शेखर कोइरालाबीचमाम भएको प्रतिस्पर्धामा २७३३ मत ल्याएर देउवा बिजयी भएका हुन् ।

पहिलो निर्वाचनमा करिब चार सय मत अन्तले पछाडि रहेको शेखर कोइराला हिजो सम्पन्न भएको दोस्रो चरणको निर्वाचनमा ९०७ मतान्तरले पराजित भएका छन् । कोइरालाले १८५५ मत ल्याएका छन् ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत आवश्यक पर्नेमा देउवाले २७३३ मत पाएका छन् ।

कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत कसैले पनि पुर्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ मत पाएका थिए । त्यस्तै, प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए ।
दोस्रो चरणको निर्वाचनमा यसअघि पराजित भएका प्रकाशमान सिंह र बिमलेन्द्र निधिले शेउवालाई नै समर्थन गरेपछि उनको जित सुनिश्चित भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*