बीमा समितिमा करार सेवाको लागि ट्रेनी बीमाङ्कीमा दुईजना छनोट
२८ मंसिर २०७८, मंगलवार १७:५५
काठमाडौं । बीमा समितिले ट्रेनी बीमाङ्कीमा दुईजना छनोट भएका छन् । त्यस्तै, वैकल्पिकमा एकजना पनि छनोटमा परेका छन् । गणित विज्ञान स्कूलका पहिलो ब्याजका ऋचा ढकाल र रुस्तम लावाजु ट्रेनी बीमाङ्कीमा छनोट भएका हुन् ।
त्यस्तै, वैकल्पिकमा सन्तोष लामिछाने छनोटमा परेका छन् ।समितिले करार सेवामा नियुक्त गर्न दुई जनालाई छनोट गरेको हो ।समितिले सर्ट लिष्ट गरि केहि दिन अगाडी अन्तर्वार्ता लिएको थियो । सोहि अन्तर्वार्ताका आधारमा उनिहरुलाई नियुक्त गरिएको हो ।