८२ मत नपुग्दा देउवा सभापति बन्न सकेनन्, पुनः मतदान आज

२८ मंसिर २०७८, मंगलवार १०:२२

काठटमाडौं । नेपाल कांग्रेसको निर्वाचनमा ८२ मत नपुग्दा सभापतिका उम्मेदवार शेर बहादुर देउवा सभापति बन्नबाट रोकिएका छन् । केहीबेर अघि सम्पन्न भएको मतगणनामा देउवाले जम्मा २२५८ मत मात्रै प्राप्त गरेका छन् । बिजयी हुनको लागि आवश्यक २३४० मत आवश्यक पर्नेमा ८२ मत कम ल्याएका कारण उनीको बिजय घोषणा हुन सकेन ।

निर्वाचनमा कडा टक्कर दिएका अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत प्राप्त गरेका छन् । आज सम्पन्न भएको मत गणना अनुसार देउवा बाहेकका उम्मेदवारले २३८९ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा कसैले पनि स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि अब मुख्य दुई उम्मेदवार शेर बहादुर देउवा र शेखर कोइरालाका बीचमा मात्रै मतदान हुनेछ । परिणाम लगत्तै दुवै उम्मेदवारहरु अन्य तीन उम्मेदवारलाई आफ्नो पक्षमा पारेर निर्वाचन आफ्नो पक्षामा पार्न दौडधुप सुरु गरेका छन् । मुख्य केन्द्रबिन्दु प्रकाशमान सिंह र बिमलेन्द्र निधिसँग भेटवार्ता सुरु गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*