कांग्रेस सभापतिमा कसैको पनि बहमुत नपुग्ने निश्चित, ४२७६ मत गणना हुँदा देउवाले पाए २०४६

२८ मंसिर २०७८, मंगलवार ०८:४६

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा कुनै पनि उम्मेदवार बिजय हुन नसक्ने लगभग निश्चित भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत पुर्याउन नसकेमा आज पुनः मतदान हुनेछ । हिजो राति अबेर सम्पन्न भएको निर्वाचनको मत गणना जारी छ । पछिल्लो तथ्याङ्क अनुसार ४२७६ मत गणना सकिएको छ ।

पछिल्लो विवरण अनुसार सभापतिमा सबैभन्दा बढि मत ल्याएका उम्मेदवार शेर बहादुर देउवाले २०४६ मत प्राप्त गरेका छन् । बिजयी हुन २३४० मत आवश्यक पर्दछ । कूल ४६७९ मत खसेकोले सो मतको ५० प्रतिशत पार गर्ने उम्मेदवार मात्रै बिजयी हुने व्यवस्था छ ।

दोस्रो स्थानमा रहेका शेखर कोइरालाले १६१५ मत प्राप्त गरेका छन् । उनले देउवाले कडा टक्कर दिन सफल भएका छन् । त्यस्तै, अन्य उम्मेदवारहरु प्रकाशमान सिंहले जम्मा ३३५ मत र बिमलेन्द्र नीतिले ३३८ मत प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*