खप्तड लघुवित्तको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

२७ मंसिर २०७८, सोमबार १७:५३

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले जसका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । उक्त नियुक्त पत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्ष। गरेका हुन ।

कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको र सर्वसाधारणका जारी हुने शेयर १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*