नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२७ मंसिर २०७८, सोमबार १५:०७

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । ७९ अंकको गिरावट आउदा कारोबार करिब ४ अर्बमा सिमित हुन पुगेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन १८ करोड ३ लाख ५९ हजार ३०२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेशनल हाइड्रोपावरको १३ करोड ४१ लाख, हिमालयन डिस्टिलरीको १२ करोड ८ लाख, मन्जुश्री फाइनान्सको १० करोड ९ लाख र महालक्ष्मी विकास बैंकको १० करोड १ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*