ओरियण्टल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २३ प्रतिशतले बढ्यो,नाफामा सामान्य सुधार

२६ मंसिर २०७८, आईतवार १३:२६

काठमाडौं । ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। गत आवको पहिलो त्रैमासको तुलनामा कम्पनीको मुनाफा ३ दशमलव ६ गुणा वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा ६९ लाख ८५ हजार रुपैयाँ मुनाफा कमाएको थियो ।

कम्पनीले खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ। यस त्रैमाससम्ममा कम्पनीले २८ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २३ करोड १९ लाख रुपैयाँ थियो ।

कम्पनीले चालू आवमा जगेडामा १५ करोड २५ लाख रुपैयाँ र बीमा कोषमा ९९ करोड १३ लाख रुपैयाँ रकम संचिति रहेको । ओरियन्टलको बिमा कोषको आकार ७९ करोड ५५ लाख रुपैयाँबाट बढेर ९९ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा कुल रू. २८ करोड ४० लाख बीमाशुल्क आर्जन गरेको छ ।कम्पनीको खुद दाबी भुक्तानी भने १७ करोड २६ लाख रुपैयाँबाट घटेर २ करोड ७९ लाख रुपैयाँमा झरेको छ ।

कम्पनी विदेशी शाखाको रुपमा रहेको कारण चुक्ता पुँजी देखाईएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*