सिभिल बैंकद्धारा ३२ हजार कित्ता संस्थापक शेयर बिक्रिमा

२६ मंसिर २०७८, आईतवार १२:५८

काठमाडौं । सिभिल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३२ हजार ६६३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका ५ जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मिति (मंसिर २६ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय सुन्धारा काठमाडौंमा आवश्यक कागजात संकलन गरी आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*