सुनसरीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा शुभारम्भ

२६ मंसिर २०७८, आईतवार १२:३१

काठमाडौं । सनराइज बैंकले शाखारहित बैंकिङ सेवा थप एक ठाउँमा बिस्तार गरेको छ । बैंकले सुनसरी जिल्लाको दुहबी नगरपालिका ८ स्थित जुटमिल चोकमा सेवा संचालनमा ल्याएको हो ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन दुहबी नगरपालिकाकी कार्यबाहक प्रमुख कलावति चौधरीले गरेकी हुन् । बिस्तारित शाखारहित बैंकिङ सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण र बिल भुक्तानीजस्ता सेवा प्रदान गरीले छ । बैंकले सेवाको ब्यावसायिक प्रतिनिधिका रुपमा अमनकुमार साहलाई नियुक्त गरेको छ ।

थप एक शाखारहित बैंकिङ सेवा बिस्तार गरेसँगै हाल देशभर ८१ शाखा रहित बैंकिङ, १३९ शाखा र १५८ एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*