हुलास स्टीलको साधारण सभा पुस १४ गते, यस्ता छन् एजेण्डा

२६ मंसिर २०७८, आईतवार १२:२७

काठमाडौं । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा पुस १४ गतेका लागि बोलाएको छ । सभा दिउँसो २ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस गणबहालमा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*