मिथिला लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
२६ मंसिर २०७८, आईतवार १२:२६
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको मंसिर २४ बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात शेयरधनीलाई वितरण गरिने छ ।