आइएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी

२५ मंसिर २०७८, शनिबार २०:२०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको बाजुरा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । बाजुरा बडिमालिका नगरपालिका ६ का बीमित धनबहादुर खड्काकी श्रीमती सिता खड्कालाई २ लाख ३ हजार १ सय रुपैयाँ प्रदान गरेको जनाएको छ । कम्पनीका बाजुरा शाखाका शाखा प्रमुख गोपालराज उपाध्यायले उक्त रकम प्रदान गरेका हुन् । बा

जुरा बडिमालिका नगरपालीका ६ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको हो । स्व धन बहादुर खड्काले २०७७ साल पूस १६ गते कम्पनीको बाजुरा शाखामा १ लाख रुपैयाँको बीमा गरेका थिए । १ लाख रुपैयाँको बीमा गरेका उनले एक किस्ता वापत ७ हजार ६०५ रुपैयाँ प्रिमियम बुझाएका थिए । उनको भिरबाट लडेर कलिलो उमेरमा असामायिक निधन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*