बिनोद चौधरी, देवी भट्टचन, जयराम लामिछानेसहित दर्जनबढि व्यवसायी कांग्रेसको चुनावी मैदानमा

२५ मंसिर २०७८, शनिबार १५:०७

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेपालको एक मात्र अर्बपति बिनोद चौधरी, बैंकर देवी प्रसाद भट्टचनदेखि नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेसमेतका दर्जन बढी उद्योगी व्यवसायीहरूले उम्मेदवारी घोषणा गरेका छन् ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, व्यवसायी उमेश श्रेष्ठ, व्यवसायी तथा सांसद मोहन आचार्य, क्यासिनो व्यवसायी राजेन्द्र बजगाईं र पर्यटन व्यवसायी रामशरण थपलियाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै, प्रभु ग्रुपका देवीप्रकाश भट्टचन, निर्माण व्यवसायी कान्छाराम तामाङ, जयराम लामिछाने, बहादुरसिंह लामा, जिपछिरिङ लामा, बैंकका सञ्चालक सुनिलबहादुर थापा नेपाली काग्रेसको उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल कांग्रेसको जारी १४ औं महाधिवेशनमा अन्य केही व्यवसायीहरु पनि उम्मेदवार बनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*