बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिद्धारा अध्ययन समिति गठन गर्ने निर्णय

२४ मंसिर २०७८, शुक्रबार १६:५०

काठमाडौं । बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा बीमित हित संरक्षण कोष खडा गर्न अध्ययन समिति गठन भएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा समितिका निर्देशकहरु सुशिल देव सुवेदी, पुजन ढुङ्गेल अधिकारी र दिनेश लाल कर्णको समितिले पोलिसी होल्डर प्रोटेक्सन फण्डको अध्ययन गर्ने भएको छ ।

फण्डबाट बीमितलाई कसरी राहत दिने र पुँजी कहाँबाट जम्मा गर्ने र कस्तो सेवा प्रवाह गर्ने भन्ने बिषयमा मोडालिटी तयार नभईसकेको जनाएको छ। अध्ययन समितिको निष्कर्ष पश्चात् कस्तो मोडालिटी तय हुन्छ । पारित भएको प्रस्तावित मोडालिटीको आधारमा नै प्रकृया अगाडि बढ्ने समितिले जनाएको छ।

अन्तिम निष्कर्ण उक्त अध्ययन समितिबाट नै आउने हुँदा हाल नै मोडालिटी कस्तो बन्छ भन्ने बिषयमा एकिन नभएको समितिले जनाएको छ। तर उक्त फण्डमा बीमितबाट भने पैसा असुल नगरिने खाका तयार पार्ने छ ।

उक्त फण्डमा बीमा दाबी भुक्तनी भएर पनि दाबी गर्न नआएको पैसा र कम्पनीहरुबाट विभिन्न माध्यमबाट उठाएको रकम जुटाउने तयारी भईरहेको स्रोतले जनाएको छ। अध्ययन समितिले प्रतिवेदन बुझाए पछि मात्रै निर्देशिका बनाउने तर्फ लागिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

हाल गठन भएको अध्ययन समितिले अध्ययन प्रतिवेदन बुझाए पछि मोडालिटी तयार पारी फण्डका लागि अन्य प्रकृया समेत अगाडि बढाईने भएको छ।

One thought on “बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिद्धारा अध्ययन समिति गठन गर्ने निर्णय

  1. होम आले says:

    काम त राम्रै हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*