सिवाईसी नेपाल लघुवित्तको साधारण सभा पुस २१ गते, यस्ता छन् एजेण्डाहरु

२४ मंसिर २०७८, शुक्रबार १२:४५

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २१ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे होटल पिस प्यालेस बाग्लुङ बजारमा बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ । साथै, सभाले कुनै लघुवित वित्तीय संस्थासँग यस लघुवित्त एक आपसमा गाभ्ने वा गाभिने प्रयोजनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*