१९ प्रतिशत बोनस पारितका लागि गणपति लघुवित्तले डाक्यो साधारण सभा

२४ मंसिर २०७८, शुक्रबार ११:१४

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सभा पुष १७ गते ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी नगरपालिका दुलेगौंडा, तनहुँमा बस्नेगरी आह्वान गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२ लाख ७३ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले एक वा सो भन्दा बढी अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने।गाभिने वा मर्जरमा जाने विषयमा उपयुक्त संस्था पहिचान गर्ने, र समझदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गर्ने विषयलाई अगाडि लैजानेछ ।

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब वा नगद प्रवाह विवरण सम्बन्धित अनुसूचिहरुको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीको तर्फबाट, सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालक र स्वतन्त्त संचालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष ७ गतेदेखि पुष ९ गतेसम्म बुकक्जोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ६ गतेसम्म कायम शेयरधीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*