लुम्बिनी विकास बैंकको साधारण सभा पुस ९ मा, बुक क्लोज कहिले ?
काठमाडौं । लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारण सभा पुस ९ गतेका लागि बोलाएको छ । कमपनीले सभा केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ः१५ बजे अनलाईन मार्फत बस्नेगरी आव्हान गरेको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ० दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।