ग्लोबल आइएमई लघुवित्तको साढे ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२४ मंसिर २०७८, शुक्रबार १०:०९

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनी प्रदिप पन्तले आफ्नो नाममा रहेको ३ हजार ६४५ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधीले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा–२६, विजयपुर, कास्कीमा आफूले खरिद गर्न चाहेको संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*